कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतक संख्या ९९ पुग्यो

Death corona covid 19 1024x683

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो संँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको बताए । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

 
 

प्रतिकृया दिनुहोस