नेकपा विवाद : ६ सदस्यीय कार्यदल गठन

Kp parchand

काठमाडाैं । सत्तारुढ नेकपामा जारी विवाद अन्त्य गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बसेको बैठकले सो कार्यदल गठन गरेको हो ।

विष्णु पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको स्राेतले बतायाे ।

९ दिन देखीकाे संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो ।

अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएको जानकारी दिएका थिए ।

नेकपामा असार १० गते बसेको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको थियाे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...