लिदीमा पहिरोः चार जनाको शव भेटियो, ३८ जना बेपत्ता

111

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ ।

घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ ।

जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ । पहिरोले ३७ घर पुरिएका छन् ।  प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन् ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यमु ल्हामुको बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ ।

जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...