पोखरामा महिलाको एक लाख बढी नगद लुटियो

A18ec048ccb900340e2a67001a56cec3 w1000 h500 cp

पोखरा । कास्कीको पोखरामा बिहीबार साँझ एक महिलाको एक लाखभन्दा बढी रकम लुटिएको छ। स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी पोखराको नयागाउँ सेन्टमेरिज चोक बस्ने सीता गिरीको नगदसहितको ब्याग लुटिएको हो । उनलाई सिताराम प्लटिङ नजिकै लुटपाट गरेको गिरीले प्रहरीलाई बताएकी छन् ।

मोटरसाइकलमा आएका दुई युवकले आफ्नो ब्याग नै लुटेर भागेको सीताले बताएकी छन् । ३४ वर्षीया गिरीको ब्यागमा एक लाख २७ हजार नगद रहेको उनले प्रहरीलाई जानकारी दिएकी छन्। चोरी कार्यमा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस