कोरोनाले कोशी अस्पताल विराटनगरमा १ जनाको मृत्यु

Koshi hospital covid nishan

विराटनगर । कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका एक जना छन् ।

कोशी अस्पतालमा उपचारको क्रममा सिराहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पंकज गुुप्ताको बिहीबार राति मृत्यु भएको हो । निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए । उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो ।

प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...