सिन्धुपाल्चोकमा भीषण पहिरो : लामा गाउँका १३ घर पुरिए

Lidi pahiro

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नंं. २ लिदी गाउँमा भीषण पहिरो जाँदा लामा गाउँका १३ घर पूर्ण रुपमा क्षति भएका छन । 

पहिरोमा पुरिका १५ जना घाइते आफैं निस्किएर बाँच्न सफल भएका छन । 

गएराती परेको अविरल वर्षाका कारण शुक्रबार विहान ६ बजे गएको पहिरोले लिदी गाउँका १३ पूर्ण रुपमा क्षति भएका छन् भने २ घर पूर्ण जोखिममा परेका छन् । पहिरोमा परि के कति क्षति पुग्यो भन्ने यकिन विवरण खुल्न सकेको छैन ।

लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए । ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको वडाध्यक्ष प्रताप लामाले बताए ।

गएको असार २६ गते गएको पहिरोले जुगल–२ सानुमाम्फा र लिदीको बस्ती उच्च जोखिममा परेको थियो । त्यसलगत्तै प्रशासन, गाउँपालिकादेखि जनप्रतिनिधिसम्मलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले अन्यत्र सुरक्षित स्थानमा लैजान आग्रह गर्दै आएका थिए ।

सदरमुकाम चौताराबाट कात्तिके भन्ने स्थानसम्म ३ घण्टा गाडीमा गएपछि त्यहाँबाट थप ३ घण्टाको हिंडाईपछि मात्रै घटनास्थल पुग्न सकिन्छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...