घ्यालसुम्दो सेवा संस्थामा महासचिवमा छोन्जोम चयन

News ghyal sumdo 30

न्यूयोर्क (अमेरिका) । घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कले रिक्त रहेका तीन वटा पदपूर्ती गरेको छ ।

बुधबार बसेको कार्य समितिको बैठकले घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको रिक्तता रहेको पदहरू महासचिव छोन्जोम लामा, कोषाध्यक्ष थुप्तेन सोपा र सेन्टुन लामालाई मनोनित गरेको छ ।

छोन्जोम लामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) केन्द्रीय कार्यसमिति न्यूयोर्कको कोषाध्यक्ष पनि हुन् ।

अध्यक्षमा निमा ल्हमो, उपाध्यक्षमा गराब दोर्जे, सचिवमा छिरिङ ल्याम्ने र सदस्यहरुमा निमा छिरिङ घले, शेराव हिराचन र कृष्ण गुरूङ निर्वाचित भएका थिए भने सल्लाहकारहरुमा पासाङ लामा, बुद्धि गुरुङ, मोहन पुनेल र कार्साङ लामा रहेका थिए ।

बाँकी रहेका रिक्त पदहरु भने बुधबारको बैठकले पदपुर्ती गरेको संस्थामा निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले बताए ।

घ्याल सुम्दो सेवा संस्था अमेरिकामा १६ वर्षअघि स्थापना भएको सामाजिक संस्था हो । यसले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएको छ । स्थापना कालदेखि नै यो संस्थाले नेपाल र अमेरिकामा रहेका नेपाली र अन्यका लागि पनि सहयोग गर्दै आएको अध्यक्ष निमा ल्हमोले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...