सुनको भाउमा उतारचढाव, फेरि बढ्यो सुनको भाउ

Gold 9

काठमाडौं । केही दिनयता सुनको मुल्यमा निक्कै उतारचढाव आइरहेको छ । कहिले सुनको मुल्य ह्वात्तै बढ्ने गरेको छ भने कहिले अनपेक्षित रुपमा घट्ने गरेको छ । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ ।

सातको सुरुआतदेखि नै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो । बिहीबार भने भाउ बढेको छ ।

प्रतितोला २ हजार चार सय रुपैयाँले सुनको भाउ बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँले कारोवार भइरहेको छ ।

यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटसँगै नेपाली बजार पनि प्रभावित भएको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔँस २३ डलरले घटेर १ हजार ८ सय ९३ रुपैयाँ कायम भएको थियो ।

रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...