हेटौडामा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

Hetaud kitjanya kendra

हेटौंडा । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । विशेष गरी प्रहरी, बारा, पर्सा तथा रौतहटबाट मकवानपुर आएकाहरुमा कोरोना संक्रमण पाइएको छ ।

बिहीबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए ।

चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १, १० का १ र १३ का १ गरी उपमहानगरभित्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...