धनकुटाका ६ वटा वडाहरुमा एक साताका लागि निषेधित क्षेत्र घोषणा

Dhankuta bazar

धनकुटा । धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसद सहितलाई कोरोना संक्रमण पुष्टि भएपछि धनकुटा नगरपालिकाका ६ वटा वडामा एक साता निषेधित क्षेत्र घोषणा गरिएको छ ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठ (जुली) सहितका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्राक्क ट्रेसिङमा धेरै व्यक्ति परेपछि धनकुटा नगरपालिकाका ६ वटा वडामा बिहीबार राती १२ बजेदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं. १, ३, ४, ५, ६ र ७ मा निषेधित क्षेत्र घोषणा गरी स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाइनेछ ।

प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ४ गते राती १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सो बैठकले कोरोना संक्रमणका २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाका व्यक्तिलाई धनकुटामा आवागमनमा रोक लगाउने बैठकले निर्णय गरेको छ ।

यता, धनकुटा नगरपालिकाले कोरोना संक्रमितको कन्ट्राक्ट ट्रेसिङमा समुदायमा अत्याधिक सम्पर्कमा आएका व्यक्तिहरुसमेत परेकाले नगर क्षेत्रमा भीडभाड कम गरी कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गरिसकेको छ ।

सात दिनको अवधीमा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिक सेवा, फोहोरमैला व्यवस्थापन, एम्वुलेन्स, दमकल, नगर प्रहरी सेवा, खानेपानी, अति जरुरी कामका लागि सवारी पास सिफारिस, विपद् व्यवस्थापन र कडा रोग उपचार सहुलियतका लागि सिफारिस सेवा मात्र प्रवाह हुनेछ ।

कोरोना संक्रमणबाट बच्न सार्वजनिक भेला, भोजभतेर, बैठक, गोष्ठी, चाडपर्व मनाउने जस्ता भीडभाड हुने काम नगर्न र घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाई सामाजिक दुरी कायम गर्न पनि नगरपालिकाले अपिल गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...