भारतमा एकै दिन ६७ हजार सङ्क्रमित थपिए

Corona india1 e1593331074882

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६७ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ सङ्क्रमितको संख्या २४ लाख नाघेको छ ।

भारतमा कोरोनाकै कारण अहिलेसम्म ४७ हजार १३८ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल सङ्क्रमित मध्ये ६ लाख ४४ हजार ११६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १७ लाख जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस