डोनल्ड ट्रम्पले अमेरिकी सेना फिर्ता गर्दा सिरिया युद्ध नयाँ मोडमा

 109230439 0b5ca6ae 8605 40f6 985a 0d87563ef8d0

काठमाडौँ । सिरियामा आठ वर्षसम्म भएको युद्धले मध्यपूर्वलाई फेरिदिएको छ। अमेरिकी सेना फिर्ता भएको घटनापछि त्यहाँ नयाँ मोडहरू आए । अमेरिकाको दबावपछि गत हप्ता टर्की तत्काल युद्धविराम गर्न सहमत भयो । उत्तरी सिरियाबाट अमेरिकी सैनिकहरूलाई पश्चिमी इराक जान सक्ने अमेरिकाको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो सेनालाई फिर्ता हुन निर्देशन दिएपछि सिरिया युद्धको स्वरूप परिवर्तन भइदियो । ट्रम्पको निर्णयबाट घटनाहरूको यस्तो शृङ्खला बन्यो जसले अमेरिकाको साझेदार सिरियाली कुर्दलाई धोका भयो र टर्की, राष्ट्रपति बशर अल–असदको सिरियाली शासनव्यवस्था तथा रुस, इरान र इस्लामिक स्टेटका जिहादी अतिवादीलाई प्रचुर मात्रामा अवसर दियो ।

उनको बुद्धिमत्ताले राष्ट्रपति ट्रम्पलाई घटनाको पूर्वानुमान गर्न सजिलो पार्‍यो होला । अथवा आफ्नो अन्तर्प्रेरणाललाई पच्छ्याउने उनको बानी सम्भवतः मध्यपूर्वको जटिलताका माझ एउटा गम्भीर गल्ती हो ।

सिरियाको भाग्य त्यस देशका नागरिकले नभएर विदेशीले निर्क्योल गर्छन् भन्ने धेरै वर्षसम्म स्पष्ट थियो । त्यहाँ पटकपटकको हस्तक्षेपले युद्धलाई लम्बाएको छ । सिरियामा शक्ति र प्रभावको सङ्घर्षबारे लेख्दा त्यहाँका युद्धपीडितबाट सुरु गर्नुपर्छ ।

प्रायः सैन्य हतियारको प्रत्येक प्रयोगको अर्थ विपद् र गैरसैनिकको हत्या हो । निर्देशन दिने नेताहरूका लागि यातना दिइएका भिडिओका दृश्य अनिवार्य थिए। ती दृश्यहरू टेलिभिजन र इन्टरनेटमा खोज्न त्यति गाह्रो छैन ।

अन्त्यहीन युद्धबाट आफ्ना फौज फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले टर्कीलाई उसको सेना त्यहाँ पठाउन बाटो खोलिदियो । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले आफ्दो देशका कुर्द विद्रोहीहरूको साझेदार भन्दै सिरियन डेमोक्रेटिक फोर्सेसविरुद्ध आफू जान चाहेको घोषणा गरे ।

उनको योजना सीमाक्षेत्रका दुवैतर्फ आफ्नो नियन्त्रण राख्नु हो । उनी पूर्वोत्तर सिरियामा ३२ किलोमिटरसम्म आफ्नो सुरक्षित क्षेत्र बनाउन चाहन्छन् । उक्त क्षेत्रमा उनी १० लाख वा त्योभन्दा बढी सिरियाली शरणार्थीलाई राख्न चाहन्छन् ।

अमेरिकाले इस्लामिक स्टेटसँग लड्नका लागि सिरियालीसमेत केही अरब कुर्दलाई तालिम र हतियार दिने निधो गर्दा उनीहरू सम्भावित समस्याबारे जानकार थिए । त्यो सम्भावित समस्या उनीहरूको नेटो साझेदार टर्कीले कुर्द साझेदारलाई आतङ्कवादी ठान्नु थियो ।

त्यतिबेला वाशिङ्टनले भविष्यमा देखा पर्न सक्ने समस्याबारे आँखा चिम्लिदियो। त्यो बेला अहिले आएको छ । दुई साताअघिसम्म सिरियाली कुर्दको सुरक्षा सुनिश्चितताका लागि थोरै सङ्ख्यामा अमेरिकी सैनिकहरू रहेका थिए । ती सैनिकको इस्लामिक स्टेटविरुद्ध सञ्चालित युद्धमा महत्त्वपूर्ण भूमिका थियो ।

अमेरिका, संयुक्त अधिराज्य र अन्यले वायुसेना र विशेष फौज उपलब्ध गराउँदा कुर्दहरू लडेका र मरेका थिए । इस्लामिक स्टेटको इस्लामिक परम्परामा आधारित शासनव्यवस्था क्यालिफेटू को अन्त्य भयो, कुर्दहरू एकजुट भए र हजारौँ जिहादी लडाकुलाई जेलमा हालियो ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्नासाथ सिरियाका कुर्दलाई आफू परित्यक्त भएको थाहा पाउन बेर लागेन । अमेरिकी सैनिकमा पनि सम्भावित परिणामको भय छायो । अमेरिकी रक्षामन्त्री मार्क एस्परले कुर्दहरूलाई परित्याग नगरिएको बताएका छन् ।

तर टर्की अघि बढिरहेको र अमेरिकी सेना फर्किन लागेको बेला सिरियाली कुर्दलाई भिन्न अनुभूति भएको छ । पहिला पनि समस्या खेपेका कुर्दहरू पुनः एक पटक विदेशी शक्तिको छोडिएकाका लागि छोड्न हुने साझेदार बने । त्यसपछि उनीहरू दमास्कसका आफ्ना पुराना शत्रुसँग हातेमालो गर्न पुगे ।

कुर्दहरूले गत हप्ता सिरियाली राष्ट्रपति बशर अल–असदको सरकारसँग सहमतिको घोषणा गरे । उक्त सहमतिअनुसार सन् २०१२ यता दमास्कसको नियन्त्रणमा नभएको लिएको सीमावर्ती क्षेत्रसम्म उक्त सिरियाको फौज जान पाउनेछ। सिरियाका लागि त्यो एउटा ठूलो जित हो ।

पूर्वोत्तर सिरियास्थित आफ्नो आधार क्षेत्रबाट सिरियाली सेना छिट्टै बाहिर निस्कियो। असदका बफादारहरूले पुरानो शासनको झण्डा उखेलेर फालिदिए । अमेरिकाको मध्यपूर्व नीतिका लागि यो घातक दिन थियो ।

कुर्दहरूसँगको गठबन्धन र तिनलाई सिरियाको त्यो भेगमा स्वशासनको प्रत्याभूति दिएका कारण अमेरिकालाई युद्धको अन्तिम चरणमा लाभ पुगेको थियो । त्यो असदको शासनलाई समर्थन गर्ने देश रुस र इरानमा पनि दबाव पार्ने उपाय पनि थियो ।

अमेरिकाको फिर्ती र सिरियाको पुनर्प्रवेश उनीहरूका लागि विजय नै हो । इस्लामिक स्टेटका जिहादी अतिवादीहरूका लागि नयाँ अवसर आए जस्तो देखिएको छ। सन्देश पठाउने टेलिग्राम एपबाट उनीहरूले सिरियाभरि हिंसाको नयाँ अभियान घोषणा गरेका छन् ।

उनीहरूले इस्लामिक परम्परामा आधारित आफ्नो शासन व्यवस्था क्यालिफेट गुमाएका छन् । तर जो जीवित छन् र जेलबाहिर छन् उनीहरू छापामार आक्रमणका लागि फेरि सङ्गठित भएका छन् । कुर्दहरू अहिले अप्ठेरोमा परेको बेलालाई आईएसले कुर्द जेलमा थुनिएका आफ्ना हजारौँ लडाकुलाई रिहा गर्ने मौकाका रूपमा हेरेका छन् ।

तीमध्ये केही कुख्यात हत्यारा छन् जो बाहिर आए भने फेरि हिंसा हुने डर सिरियामा मात्रै होइन अन्यत्र पनि देखिएको छ ।पश्चिमा देशहरूलाई नयाँ इस्लामिक स्टेटको डरले अधीर बनाएको छ । त्यसैले युरोपेली देशहरूले आक्रामक कारबाही रोक्न टर्कीलाई आह्वान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...