पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

80e1b51f8edcee03099c265604f34b33 w1000 h500 cp

अन्तिम समयमा गोल फर्काउँदै फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति लिस्बनमा भएको पहिलो क्वार्टरफाइनलमा इटालियन क्लव एटलान्टालाइ २–१ ले पराजित गर्दै पिएसजी अन्तिम ४ मा पुगेको हो ।

यो जीतसँगै ५० औं वार्षिकोत्सब मनाइरहेको पिएसजी युरोपियन फुटबलको सबैभन्दा माथिल्लो स्थानमा पुगेको छ । खेलमा सुरुवाती अग्रता एटलान्टाले बनाए पनि हार नजिक पुगेको पिएसजी अन्तिम मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एटलान्टाका मारियो पासालीचले २६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । पहिलो पटक क्वार्टरफाइनलमा पुगेको एटलान्टा सुरुवाती अग्रता जोगाउन नसक्दा क्वार्टरफाइनलमै रोकिन बाध्य भएको छ ।

पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्टाउँदै पिएसजी आक्रामक रुपमा खेलमा फर्कियो । ९० औं मिनेटमा पिएसजीका लागि मार्किन्हसले बराबरी गोल फर्काए । इन्ज्युरी समयको दोस्रो मिनेटमा पिएसजीले अर्को गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।

नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पिएसजीलाई सेमिफाइनलमा पुर्याए । पिएसजीले फाइनल प्रवेशका लागि आज बिहीबार राति हुने एथलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीचको विजेतासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...