भारतमा एकैदिन ६७ हजार बढी कोरोना संक्रमित थपिए

Covid 19

काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा बढी ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

संक्रमणको कारण भारतमा बुधबार साढे नौ सय ५० जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय ३८ पुगेको छ । यो बिहीबार बिहान ७ बजेसम्मको तथ्यांक हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय ४६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक हजार तीन सय ८१ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी ब्राजिलमा एक हजार एक सय ६४, मेक्सिकोमा नौ सय २६, कोलम्बियामा तीन सय ६२, दक्षिण अफ्रिकामा दुई सय ५९, अर्जेन्टिनामा दुई सय नौ, इरानमा एक सय ८८, रुसमा एक सय २९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७४ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ब्राजिलमा ५८ हजार भन्दा धेरै, अमेरिकामा ५४ हजारभन्दा धेरै, कोलम्बियामा १२ हजारभन्दा धेरै, मेक्सिकोमा ६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ८६ हजार तीन सय ४९ पुगेको छ भने संक्रमणको कारण सात लाख ५१ हजार पाँच सय ५५ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...