नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा म्याग्दीको मराङमा राहत वितरण

Myagdi rahat 27

म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं. ६ मराङ बाढी पहिरोबाट पीडित ९० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

‘बाँचौ र बचाऔँ अभियान’ अन्तर्गत बेलायतस्थित हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेलफेयर सोसाइटीको संयोजनमा म्याग्दीका बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको हो ।

कोरोनाको संक्रमणका लामो समय लकडाउन भएर समस्या ल्याएकै बेला थप बाढी र पहिरोले पीीडत बनाएपछि हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेलफेयर सोसाइटीको संयोजनमा राहतस्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन बितरण गरेको हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युके तथा एनआरएन युके कार्य समितिका सदस्य गोमा पौडेलले जानकारी दिइन् ।

राहत बितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री तथा सासंद गगन थापाले जुम कन्फेरेन्समार्फत सम्बोधन गरेका थिए । उनले प्रवासमा रहेर पनि संकटको यस अवस्थामा जोखिममा परेका नागरिकहरुलाई सहयोग गर्ने संस्था र ब्यक्तिहरुको कामको प्रशंसा गरे ।

‘बाचौ र बचाऔं’ अभियानका अभियान्ता तथा राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एवं एनआरएनए युकेका सदस्य धन हादुर सार्कीले कोभिड –१९ को महामारी र हालै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध वितरण गरिएको बताए ।

नेपाली वेलफेयर सोसाइटी युकेले एकल र सहकार्यमा पछिल्लो तीन महिनाको अवधिमा १६ वटा जिल्लाका ६ सय ८७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरेको अध्यक्ष सार्कीले बताए ।

कठिन परिस्थितीमा कोरोनाको कहरका बचिमा पनि पछिल्लो समय बाढी पहिरोले देशभर समस्यामा परिरहेका बेला म्याग्दीको दुर्गम स्थानमा राहत वितरण गरिएको नेपालबाट कार्यक्रम संयोजन गरिरहेका डा. बुद्धि नेपालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...