शारीरिक सुगठनमा भट्ट बने ‘च्याम्पियन अफ च्याम्पियन’

Kanchanpur news

काठमाडौं । अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन् । भट्ट कञ्चनपुरको महेन्द्रनगरका स्थानीय हुन् ।

विश्व शारीरिक सुगठनअन्तर्गत न्यु साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनल प्रतिस्पर्धामा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन् । जितसँगै भट्टले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यु साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

पुरुषतर्फ समग्र प्रतियोगिताको च्याम्पियन बनेका भट्टले ट्रफी र मेडल हात पारे । साथै न्यु साउथ वेल्स शारीरिक सुगठन संगठनमा वर्ष विजेताका रुपमा उनको नाम लेखिएको छ ।

यसअघि थाइल्याण्डको चाङमईमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए ।

राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं) बाट सहभागी भएका थिए । उनले पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर) मा प्रतिस्पर्धा गरेका भट्टले दुबैमा स्वर्ण पदक जितेका थिए ।

त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिस्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बने। प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...