सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयको निर्देशन

546412312

काठमाडौँ । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशको लागि दिने गरेको सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

भोली (बिहीबार) देखि लागु हुने गरी सवारी पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

गृहमन्त्रालयद्धारा दिएको निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’ अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ ।

पछिल्लो केही समयदेखि देशैभर कोरोना संक्रमितको संख्या बढ्दै गएको कारण सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाइ गरेको हो ।

प्रतिकृया दिनुहोस