कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मृत फेला, नेपाल पत्रकार महासंघद्धारा दुःख व्यक्त

1597221572balaram

काठमाडौँ । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युको छानबिन गर्न सरकारसँग माग गरेको छ । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रमेश विष्टले महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बानियाँको मृत्यु रहस्यमय भएको भन्दै सरकारसँग छानबिन गर्न माग गरेका हुन् ।

‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनको बारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बानियाँको निधनले महासंघ स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ। साउन २६ गते दिउँसोदेखि सम्पर्कबिहीन भएका बानियाँको शव बुधबार बिहान मकवानपुरको सिस्नेस्थित माण्डु जलविद्युत आयोजनामा भेटिएको हो ।

 

  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...