कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप दुई जनाको मुत्यु भएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुरकै किस्ट अस्पतालमा एक / एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मेडिसिटी अस्पतालमा जनकपुरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको जानकारी दिनुभयो । निमोनिया, झाडापखारा र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन ५ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको शर्माले जानकारी दिनुभयो ।

त्यस्तै किस्ट अस्पतालमा ७८ वर्षीया महिलाको मृत्यु भएको हो । उनको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ ।

ती महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो, झाडापखाला र बान्ता भएको थियो । अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालले पनि किस्टमा रेफर गरिदिएको किस्ट अस्पतालका प्रमुख कार्यकारी अधिकत अमिश पाठकले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस