केही स्थानमा भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

R

 

काठमाडौँ । बुधबार देशभरको मौसम सामान्यतया बदली भई धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै केही दिन साउने झरी जारी रहने भएको हो ।

हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भूभागमा समान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश र प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औँल्याइएको छ । बुधबार, बिहीबार र शुक्रबारसम्म बदली र वर्षा हुने औँल्याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...