आजको मौसमः पश्चिमी वायुको प्रभावले पानी पर्ने संभावना

Mausam

काठमाडौं । देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ । देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्न लागेको उनले बताए । काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सिय मापन भएको छ । दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...