विदेशबाट दैनिक पाँच सय जनाको मात्रै उद्धार हुने, क्वरेण्टीनमा बस्नुपर्ने

Airplane 768x461

सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दैनिक अधिकतम पाँच सय नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको हो ।

यसरी देश फर्किएका नेपालीलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमणमुक्त भएको प्रमाणपछि मात्रै घर पठाउने निर्णय भएको छ । क्वरेण्टीनको व्यवस्था काठमाडौँका तीन जिल्लाले गर्नेछन् । स्वदेश फर्किएको पाँचदेखि सात दिनभित्रमा पीसीआर परीक्षण गर्ने र सङ्क्रमणमुक्त भएको पुष्टिपछि मात्रै घर पठाउने व्यवस्था गर्न पनि मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...