सांसद आलमको मुद्दामा किन एकाएक फेरियो देउवाको बोली ?

Sher bdr deuwa

काठमाडौं । शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले मोहम्मद आफताव आलमको मुद्दामा षड्यन्त्र भएको दावी गरेका थिए ।

ठीक त्यसको एक दिन नबित्दै फेरि आलमको विषयमा आफुले त्यस्तो नभनेको दावी गरेका छन् । देउवाले आलमको मुद्दामा सरकारले षडयन्त्र गरेको भनी दिएको अभिव्यक्तिप्रति सर्वत्र आलोचना भएपछि देउवाले बोली फेर्दै आफुले त्यसो नभनेको दावी गरेका हुन् ।

देउवाले आफ्नो पार्टीबाट निर्वाचित सांसद आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न आग्रह गरेका छन् । यसमा कांग्रेसले पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले आफूले त्यस्तो भन्न नखोजेको दाबी गरे । सभापति देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने तर्फ मात्रै संकेत गरेको दाबी गरेका छन् ।

‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रूपले प्रष्ट्याउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...