ह्वात्तै बढ्यो संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए ? (सुचीसहित)

प्रहरी मुख्यालयदेखि अख्तियारसम्म देखियो संक्रमण

Corona news 10

काठमाडौं । साउन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले साउन ७ गतेदेखि लागू हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

करिब चार महिना लामो लकडाउन अन्त्य गर्दा काठमाडौं उपत्यकामा करिब चार सय संक्रमित थिए । लकडाउन अन्त्य गर्ने निर्णय भएकै दिन काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका थिए ।

काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर अहिले कल्पना गर्नै नसकिने गरी कोरोना संक्रमण बढिरहेको छ ।

पछिल्लोपटक उपत्यकामा थुप्रै प्रहरी पनि संक्रमित पाइएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना एकैपटक संक्रमित पुष्टि भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सभामुख र नेकपाका नेताहरुको सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका सुरक्षाकर्मीसम्मको रिर्पोट पोजेटिभ आएको छ ।

यतिसम्मकी लकडाउन खुलेयता प्रदेश सांसद, महानगरपालिकाका मेयर, केही नगरपालिकाका मेयर, वडाध्यक्ष, न्यायधिश लगायतलाई कोरोना संक्रमण भइसकेको छ । मंगलबार मात्रै अख्तियार दरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नविकुमार घिमिरेलाई समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा १ सय १० जना संक्रमित भएका छन् । ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ३३, उदयपुरमा १७, धनुषामा २४ र महोत्तरीमा १२ जना, धनकुटामा एक, इलाममा एक, झापामा १०, मोरङमा ३२ र सिरहामा १४ जना थप संक्रमित भएका छन् ।

सप्तरीमा १३, बारामा ३९, पर्सामा ७०, धादिङमा ११, गोरखामा एक र नुवाकोटमा तीन जना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा सर्लाहीमा ४१, दाङमा नौ, रौतहटमा २०, चितवनमा तीन र कपिलवस्तुमा १८ जना छन् ।

रूपन्देहीमा ३३, काभ्रेमा चार, मकवानपुरमा एक, बर्दियामा एक, बाँकेमा २९ र दार्चुलामा एकजनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।कास्कीमा पाँच, खोटाङमा एक, स्याङ्जामा एक, रोल्पामा एक, बाग्लुङमा दुई र तनहुँमा दुई जना संक्रमित थपिएका छन् ।

संक्रमित थपिएकामा नवलपरासीमा दुई जना, प्यूठानमा १७ जना, अछाममा एकजना, अर्खाखाँचीमा एकजना र दोलखामा एक जना छन् । यस्तै जाजरकोटमा एक, कालिकोटमा एक, पाँचथरमा एक, ओखलढुंगामा दुई र पर्वतमा दुई जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रामेछापमा एक, रुकुम पश्चिममा एक, सिन्धुपाल्चोकमा एक, सुर्खेतमा पाँच, दैलेखमा तीन र सल्यानमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका क्वारेन्टिनमा ११ हजार ५८ जना रहेको जानकारी दिए । प्रदेश १ मा दुई हजार ६१४, प्रदेश २ मा एक हजार ५८०, बागमतीमा एक हजार १९ र गण्डकीमा ९५५ जना क्वारेन्टिनमा छन् ।

प्रदेश ५ मा एक हजार ८२२, कर्णालीमा ६८९ र सुदूरपश्चिममा दुई हजार ३८९ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४६२ जनाका पीसीआर परीक्षण गरिएको थि यो । तीमध्ये ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म १६ हजार ६६४ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । प्रदेश १ बाट एक हजार ४४ जना, प्रदेश २ तीन हजार ३८५ बाट जना र बागमती प्रदेशबाट ६१८ जना कोरोनामुक्त भएका हुन् ।

यस्तै प्रदेश ५ बाट चार हजार १८९, कर्णालीबाट एक हजार ९०० र सुदूरपश्चिम प्रदेश चार हजार ४० जना कोरोनामुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...