अख्तियार प्रमुख नवीनकुमार घिमिरेलाई कोरोना संक्रमण

Nabin kumar ghimire

काठमाडौं । पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दो छ । पछिल्ला केही दिनयता त च्च तहका व्यक्तिहरुलाई कोरोना संक्रमण भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाभित्र देखिएको संक्रमित मध्येमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित भएका छन् । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

केही दिनअघि घिमिरेको स्वाब परीक्षणका लागि लिइएको थियो । त्यसको रिजल्ट मंगलबार आएको र रिजल्ट पोजिटिभ देखिएको हो ।

केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्सालस्थित मुख्य कार्यालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी गरी ४० जनामा कोरोना संक्रमण देखिएको थियो । उनका चालक र सुरक्षाका लागि खटिने ७ प्रहरीलाई समेत कोरोना संक्रमण भएको थियो ।

आफ्ना चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको दिनदेखि नै प्रमुख आयुक्त कार्यालय आएका छैनन् । उनी होम आइसोलेसनमा रहेका बताइएको छ । प्रमुख आयुक्त घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रमुख आयुक्तसहित अख्तियारका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले त्यहाँका अन्य ३५० कर्मचारी तथा सुरक्षाकर्मीको समेत स्वाब संकलन गरिसकेको छ । रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...