चिलीमा हिंसात्मक प्रदर्शनपछि आपत्कालीन अवस्थाको घोषणा

E57oj1yhqwc2c3ecvlsa

काठमाडौं । चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्याथीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले मेट्रोरेल सेवाका विभिन्न संरचना व्यापक तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

शान्ति–सुव्यवस्था कायम गर्न आपत्कालीन अवस्थाको घोषणा गरिएको भन्दै राष्ट्रपति सेबास्टिन पिनेराले वार्ताका लागि आह्वान गरेका छन् । चिलीमा राजधानी सान्टियागोको महँगो जीवनशैलीलगायतका कारण पनि आर्थिक सुधारको माग बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...