उदयपुरमा मालपोत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा कोरोना सङ्क्रमण

1586848470coronavirus news scientists is

काठमाडौँ । उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिकामा ८ जना र बेलका नगरपालिकामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।  बेलका नगरपालिकामा देखिएका सङ्क्रमित सबै समुदायस्तरका हुन् ।

अहिलेसम्म उदयपुरको बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा सात जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २  जना र ताप्ली गाउँपालिकामा तीन गरी एक सय चार जनामा सङ्क्रमण भएको प्रमुख सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस