धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय १५ दिनसम्मका लागि स्थगन

Ku kathamanu

बनेपा । कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाए ।

विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...