सांसद आलम पक्राउप्रति कांग्रेसको विरोध

Deuba congress1

काठमाडौँ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा सुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रममो उद्घाटन गर्दै सभापति देउवाले आलम पक्राउप्रति असन्तुष्टि जनाउँदै आफ्ना नेता कार्यकर्तालाई सरकारले फसाउन खोजेको आरोप लगाएका हुन् ।

आलम पक्राउको विरोधका कांग्रेस नेतृत्वले पहिलोपटक मुख खोलेको हो । जिल्लामा आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले प्रर्दशनसमेत गर्दै आएका छन् । पहिलो संविधानसभाको क्रममा २०६४ सालमा आफूले नै बम बनाउन लगाएका व्यक्ति विस्फोटपछि घाइते भएकालाई उपचारको साट्टो जिउँदै जलाएको आरोपमा सांसद आलम पक्राउ परेपछि कांग्रेसले विरोध जनाएको हो ।

आलमको निर्देशनमा १२ वर्षअघि २१ जनालाई इट्टाभट्टामा जलाएको आरोपमा सांसद आलम आइतबार गृहजिल्ला रौटहटबाट पक्राउ परेका थिए। १२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गर्यो, सरकार १२ वर्षसम्म के हेर्यो ?, देउवाले कार्यक्रममा भने, ‘यतिका वर्षसम्म केही नगर्ने अहिले आएर पक्राउ गर्ने ? यसबाट कुरा प्रष्ट हुन्छ कि सरकारको दुःख दिने नियत प्रष्ट छ । ढिलोचाँडो साथीहरुले न्याय पाउने पाउँछन् ।’

आलम यसअघि तीनपटक सांसद र मन्त्रीसमेत बनेका आलम २०७४ सालमा समेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनलाई हत्या अभियोगमा रौटहट जिल्ला अदालतको अनुमतिमा अनुसन्धान भइरहेको छ । देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोपसमेत लगाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...