डोटीमा घर भत्किँदा एकै घरमा ४ जनाको मृत्यु, ५ जना घाइते

Doti pahiro

डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

करिब १ बजे राती स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

सो घटनामा परी लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।

पत्थरे पुरानो घर भएका कारण भत्केको हुनसक्ने इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताए ।

दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो । राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको घाइतेहरुको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । उनीहरुको टाउको, हातखुट्टा तथा ढाडमा गम्भीर चोट छ । घरमा चौपायहरु समेत च्यापिएका र उनीहरुको उद्धार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...