अन्तर्राष्ट्रिय र आन्तरिक उडान भदौ १६ गतेसम्म रोक

Hwai sewa

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै मन्त्रिपरिषद्को सोमबारको बैठकले भदौ १६ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको छ ।

भदौ एक गतेदेखि संचालनको तयारीमा रहेको बताइएको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा आजको बैठकले पुनः रोक लगाउने निर्णय गरेको हो । त्यसैगरी लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

आइतबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिसअनुसार भदौमा खुल्ने भनिएका हवाइ यातायात, जिमखाना इत्यादि भदौ दोस्रो सातापछि मात्र खुल्नेछन् । त्यसबेला खुल्ने हवाई मार्गबाट दिनमा ५ सयभन्दा बढी यात्रु ओसार्न नदिने गरी सीमा तोकिएको छ । भदौ १ देखि खुल्ने भनिएका सबै क्षेत्र र व्यवसायहरु नखुल्ने भएका छन् ।

प्रतिकृया दिनुहोस