सिल गरिएको कोटेश्वरको असर्फी टोलमा थप ४ जनामा कोरोना संक्रमण

Koteshwor sil 26

काठमाडौं । एउटै टोलमा १३ जनामा कोरोना संक्रमण भेटिएपछि सिल गरिएको काठमाडौंको कोटेश्वरस्थित असर्फी टोलमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

किराना पसल सञ्चालकसहित साउन १८ गते ४ जनामा कोरोना देखिएपछि गरिएको पिसिआर परीक्षणमा आइतबार १३ जनामा कोरोना देखिएको थियो । त्यसपछि सोमबार बेलुकी दुई बालबालिकासहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

असर्फी टोलका थप चारजनामा कोरोना भाइरसको संक्रमण भएसँगै संक्रमितको संख्या २१ पुगेको वडा सदस्य हिरादेवी पोखरेलले जानकारी दिइन् । संक्रमित फेला परेको कोटेश्वरको असर्फी टोल सिल गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...