गोंगबु हत्याकाण्डमा जोडिएकी कल्पना शाही चितवनमा पक्राउ परिन्
काठमाडौं । गोंगबुमा विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा जना पक्राउ परेका छन् । प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो ।
टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।
शाही अपराध भएको कोठामा बस्ने गर्थिन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ । हत्याको कारणबारे पनि खुलाइएको छैन ।
आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।
बोहराको शरीरको मुख्य भाग सुटकेश राख्दै खुट्टा र टाउको झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।
प्रतिकृया दिनुहोस