पोखरा महानगरका कर्मचारीमा कोरोना पुष्टि भएपछि २ वडा सिल

431121

काठमाडौँ । पोखरा महानगरका दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुई वडा सल गरिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये एकजना पोखरा महानगरकै कर्मचारी हुन् भने अर्का एक जना बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा २७ का वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गर्ने तयारीमा महानगर लागेको छ ।

शुक्रबार यो वडाका ३ जनाले स्वाब परीक्षणका लागि दिएका थियौं । त्यसमध्ये उनकोमात्रै केस पोजेटिभ आयो,’ वडाध्यक्ष पूर्णबहादुर गुरुङले भने, ‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने उनमा कोरोना भेटिएपछि वडा नै सिल गर्ने तयारीमा छौं ।’

वडाध्यक्ष गुरुङले वडा कार्यालयबाट हुने सम्पूर्ण कामकारबाही असोज ३० गतेसम्मका लागि बन्द गर्न महानगरले पत्र पठाइसकेको जानकारी दिए । ‘महानगरबाट स्वीकृत पत्र पाइसकेका छौं । अब सिल गरेर कन्ट्याक ट्रेसिङ सुरु गर्छौं,’ उनले भने ।

वडाध्यक्ष गुरुङका अनुसार ती कर्मचारीको कुनै पनि बाह्य यात्रा र सम्पर्क छैन । ‘उनी बिहानै कार्यालयमा आउने हो । महानगरले चलाउने सेवा केन्द्रमा उनी कार्यरत थिए । हामी संक्रमण स्रोतको खोजी गर्ने तयारीमा छौं,’ उनले संक्रमित महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र आइसोलेसन लैजाने तयारी भइरहेको जानकारी दिए ।

पोखरा मालेपाटनमा रहेको बागबानी केन्द्रका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । केन्द्रका ३७ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमित पुरुष करिब २ हप्ताअघि काठमाडौँ गएर फर्किएको पाइएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘ललितपुरमा उनी एउटा गेस्ट हाउसमा बसेर फर्केका थिए ।,’ आचार्यले भने, ‘त्यहाँ होटलको कुकलाई कोरोना संक्रमण पुष्टि भएको थाहा पाएपछि आफैं स्वाब परिक्षणको लागि गएका थिए ।’ उनी काठमाडौंबाट आएर घरमै बसेको आचार्यले बताए । उनले संक्रमितको कन्ट्याक ट्रेसिङ प्रक्रिया पनि सुरु गरिसकेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...