पूर्वमन्त्री ढकालले भेटे भारतीय उपराष्ट्रपति नायडूलाई

Eknath dhakal news

नयाँ दिल्ली । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित उपराष्ट्रपति कार्यालयमा भएको भेटमा आपसी हित तथा विश्व शान्तिको लागि साझेदारीको बारेमा कुरा भएको थियो । पूर्वमन्त्री समेत रहेका ढकालले केहि समयअघि नेपालमा सम्पन्न एशिया प्याशिफिक सम्मेलनको प्रतिबेदन उपराष्ट्रपति नायडूलाई हस्तान्तरण गरे ।

उपराष्ट्रपति नायडूले प्रतिबेदन बुझ्दै समिट सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल तथा आयोजकहरुलाई बधाई दिए । भेटमा भारतीय जनता पार्टीका नेताहरु सांसद भुवनेश्‍वर कालिता, पूर्व विधायक विजय जौली, पूर्वराजदुत केभी राजनसमेत सहभागी थिए ।

दुई दिने भारत भ्रमणमा रहेका ढकालले पूर्व उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीलगायत विभिन्न भारतीय नेताहरुसँग पनि भेटघाट गरेका थिए । ढकालसँगको भेटघाटमा भारतीय नेताहरुले चिनिया राष्ट्रपति सी चिनपिङको नेपालको राजकीय भ्रमणबारे चासो राखेका थिए ।

भारतीय नेताहरुसँगको भेटमा अध्यक्ष ढकालले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणले सम्पूर्ण नेपालीमा हौसला बढेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...