भारतमा कोरोनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु

Corona death 13

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा एक हजारभन्दाको बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ३८६ पुगेको छ ।

मृतक संख्याको आधारमा भारत विश्वभरमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने पाँचौँ मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा अमेरिका शीर्ष स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । तेस्रोमा मेक्सिको र चौथोमा बेलायत छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि २२ लाख १५ हजार ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६२ हजार ६४ नयाँ संक्रमित फेला परेका हुन् । अहिलेसम्म भारतमा कोरोना भाइरसका १५ लाख ३५ हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...