वीरगञ्जकी एक महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

Covid 19

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया एक महिलामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा हिजो ज्यान गएको अस्पतालका इञ्चार्ज डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।

हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशाला पठाइएकोमा आज सार्वजनिक भएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोना आशंकामा हिजो गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा उहाँको ज्यान गएको डाक्टर सिंहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...