खानेपानी संस्थान बुटवलका प्रमुख घुससहित पक्राउ

Akhtiyar khzs9rtfty

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकमसहित काठमाडौँमा पक्राउ गरेको छ । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।

आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् । गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले सोमबार जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस