कोरोनाको हटस्पट विराटनगरमा १७ कर्मचारीलाई कोरोना संक्रमण

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने ४३ जना कोरोनालाई पराजित गर्दै निको भएका छन ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरका प्रादेशिक अस्पताल कोसी अस्पताल, नोबेल मेडिकल कलेज, न्युरो अस्पताल, मोरङ सहकारी अस्पताल, गोल्डेन अस्पताल र विराट नर्सिङहोम का कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका चार अस्पताल सिल भएका थिए । तीमध्ये दुईले सेवा सुचारु गरेका छन् । विराटनगरको कोसी अस्पतालमा कार्यरत १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराट नर्सिङहोमका सञ्चालकसहित १३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...