७ जिल्लाका प्रजिअ फेरिए, को कहाँ परे ? (सुचीसहित)

Griha mantralaya

काठमाडौं । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।

गृहका सहायक प्रवक्ता उमाकान्त अधिकारी म्याग्दीमा प्रजिअ बनेका छन् । केही समयअघि मात्रै रक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका सन्तबहादुर सुनारलाई दैलेखको प्रजिअ बनाइएको छ ।

सहसचिव उमेश बस्नेत रौतहटका प्रजिअ बनाइएका छन् । मन्त्रालयले हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुसाल प्यूठान, ध्रुव गिरी मनाङ र राजकुमार राई रुकुम पूर्वका प्रजिअ बनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअसहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गरेका हुन् । गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

अरुण पोखरेल लगायत अन्य सहसचिवहरुलाई मन्त्रालय मातहतका विभिन्न कार्यालयमा पदस्थापना गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...