साबित्राले हात पारिन् पहिलो मिस धनकुटाको उपाधी

Miss dkt

धनकुटा । धनकुटामा पहिलोपटक भएको मिस धनकुटा –२०१९को उपाधी साबित्रा घिमिरे (रोजा नानु)ले हात पारेकी छन् ।

बुधबार राती सम्पन्न फाईनलमा २७ जना प्रतिस्पर्धिलाई उछिन्दै घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन् । उनी धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका वडा नं. ४ की स्थायी बासिन्दा हुन् ।

बिजयी भएसँगै उनले स्कुटर पाएकी छन् । बिजयी घिमिरेलाई १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाईल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पनि पाउने भएकी छन् ।

मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंले आयोजना गरेको सो प्रतियोगितामा सोनी कार्की फस्ट रनरअप र निरुता सुव्वा सेकेण्ड रनरअफ घोषित भए । फस्ट रनरअप कार्कीले ४० हजार पाइन् भने ५ लाखको जिवन वीमा पाउने भएकी छन् । सेकेण्ड रनरअप सुब्बाले २० हजार नगद पुरस्कार हात पारिन् ।

दुवै जनालाई एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर दिईने आयोजकले जनाएको छ ।

धनकुटा–७ स्थित त्रिवेणी स्कूलको प्राङ्गणमा संचालित कार्यक्रमलाई रिमा विश्वकर्माले संचालन गरेकी थिइन् भने महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी, मिस नेपाल उषा खड्गी, नायिका रिचा शर्मा लगायत निर्णायक थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...