कोरोना कहरबाट सिर्जित सबै संकट मिलेर हल गर्ने विश्व प्रतिवद्धता

Upf program 25

काठमाडौं । विश्वमै कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेका बेला विश्वका झण्डै २ देशका प्रतिनिधिहरुले एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

दक्षिण कोरियाबाट सञ्चालन गरिएको र्‍याली अफ होपमा सहभागी करिब १ सय ९४ देशका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरुले विश्वमा फैलिएको कोरोनाको संक्रमण रोक्न र यसबाट सिर्जना भएको आर्थिक संकट टार्न एक भएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन सेन, सेनेगलका राष्ट्रपति म्याक्की साल, निजरका प्रधानमन्त्री ब्रिजी राफिनी, क्यानाडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्फर, अल्बानियाका पूर्व राष्ट्रपति अल्फ्रेड मोइस्यू र ग्वाटेमालाका पूर्व राष्ट्रपति जिमी मोरालेस लगायतले सबै राष्ट्रहरुको आपसी मेलमिलापबाट कोरोना संक्रमणबाट सिर्जना भएका सबैप्रकारका संकटलाई समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघीय पूर्व महासचिव, वान की मुनले स्वागत गरेको सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार पावला ह्वाइटले स्तुति घोष गरेकी थिइन् भने हाउस अफ कउन्सिलर जापानका पूर्व अध्यक्ष चुइची दाते र अमेरिकी प्रतिनिधिसभाका पूर्व सभामुख न्युट ग्रिनगिचले बधाइ सन्देश दिएका थिए ।

कार्यक्रमको अन्त्यमा युनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका, र्‍याली अफ होप कि संयोजनकर्ता तथा मदर अफ पीस, डा. हाक जा हान मुनले विशेष मन्तव्य दिएकी थिइन् । उनले भनिन्, ‘हामी अब परिवारमा केन्द्रित सर्वव्यापक नैतिक एवं आध्यात्मिक मूल्यमान्यतातर्फ फर्कनु आवश्यक छ ।’

२ वर्ष भित्रै मा विश्वका विभिन्न देशहरूमा १४ वटा शिखर सम्मेलन सम्पन्न गरेकी डा. मुनले ‘विश्व एक घर विश्वका सम्पूर्ण मानिसहरू एक परिवार तथा वसुदैव कुटुम्बकम्’ को मान्यतालाई जोड दिँदै भनिन्, ‘यो नै हाम्रो सम्पदा र अगाडिको बाटो दुबै हो ।’

यो कार्यक्रम युनिभर्सल पीस फेडेरेसनको ब्यानरमा आयोजित सम्मेलन ३ महिनामा भएका शिखर सम्मेलनहरूको शृंखला हो, जहाँ ४० भन्दा बढी राष्ट्राध्यक्ष तथा प्रथम महिलाहरूले सहभागिता जनाएका थिए भने युवा, महिला, वाणिज्य, प्राज्ञिक, मिडिया लगायतका क्षेत्रका नेतृत्वहरूले पनि सहभागिता जनाएका थिए ।

यस किसिमको विश्वव्यापी सम्मेलन यो वर्षको अन्त्यसम्म प्रत्येक महिना आयोजना गरिने छ । प्रत्येक महिना हुने भेला प्राज्ञिक, व्यवसायीक, मिडिया, अन्तरधार्मिक तथा संसदहरू जस्ता फरक फरक समूहमा केन्द्रित रहनेछ ।

आइतबारको कार्यक्रममा दश लाखभन्दा बढी सहभागीहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका थिए भने टेलिभिजन तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेको आयोजकको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...