पतिसँग सम्बन्ध विच्छेदको तयारीमा पूर्व मिस नेपाल उषा खड्गी

Ac2dd9682e725b948eded24552976300 w1000 h500 cp

काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबारले छापेको छ ।

दुई सन्तानका अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना भने कम रहेको स्रोतको दाबी छ । अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे जलफल भइरहेको छ । सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भए लगत्तै दुबै अलग हुने तयारीमा छन् ।

यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो । उषा मिस नेपाल बन्नुअघि नै दुबैजना प्रेममा थिए। सन् २००० को मिस नेपाल विजेता उषा र जिवीले ०५९ मा विवाह गरेका हुन् । जिपीले डिभोर्सको विषय हल्ला मात्रै भएको बताए। घर झगडा भएको भने स्वीकारे ।

उषा भने प्रारम्भमा डिभोर्सबारे बोल्न चाहिनन्। डिभोर्सबारे सोध्दा झर्किंदै भनिन्, ‘यो त एकदमै ठूलो कुरा हो, कति तनाव हुन्छ । तपाईंले यसरी नर्मल तरिकाले प्रश्न गर्न मिल्छ ?’ दुबैका निकट स्रोतको दावी अनुसार उनीहरु छुट्टिले निष्कर्षमा पुगिसेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...