नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

Artha vsj3pifdov

काठमाडौँ । नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बोलाउने भएको छ । मङ्गलबार भारतको बैङ्गलोरमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठकमा भारतको विदेश मन्त्रालयले यस्तो बैठक तीन महिनाभित्र आह्वान गर्ने सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

भारतका विद्युत् मन्त्रालयका सचिव एससी गर्ग र नेपालका ऊर्जा सचिव दिनेश घिमिरेको नेतृत्वमा सचिव स्तरीय बैठक सम्पन्न भएको थियो ।

आगामी वर्षको वर्षायाममै नेपालमा विद्युत् मागभन्दा धेरै उत्पादन हुने देखिएपछि सरकारले निर्यातका लागि गर्नुपर्ने पूर्वतयारीहरूलाई तीव्रता दिइरहेको छ ।

मङ्गलबार मात्रै न्यू बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन सामान लगानीमा व्यापारिक मोडलमा बनाउने गरी नेपाल–भारत सहमति भइसकेका छन् । त्यस्तै इनर्जी बैङ्किङ र भारतको डे अहेड मार्केटमा नेपाली बिजुली पु¥याउन पनि सो बैठकमा सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...