उत्तर कोरियाली नेता किम जङ–अन घोडा चढेर किन पुगे हिमालको टुप्पामा ?

 109249568 hi057324948

काठमाडौँ । उत्तर कोरियाली नेता किम जङ–अनले घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेको त्यहाँको समाचार संस्थाले बताएको छ । राज्य नियन्त्रित केसीएनएले जारी गरेका तस्बिरहरूमा किमले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडा चढेको देखिन्छ ।

किमले दुई हजार ७५० मिटर अग्लो सो हिमाल चढेको यो पहिलो पटक होइन र विज्ञहरूका अनुसार यसअघि ठूलो घोषणा गर्नु अगाडि उनले सो हिमाल चढेका छन् । उत्तर कोरियाको परिचयमा पेक्टु हिमालको विशेष स्थान छ र यसलाई किमको बुवाको जन्मस्थल मानिन्छ ।

केसीएनएले बुधवार जारी गरेको समाचारमा भनिएको छः पेक्टुको शिखरमा घोडामा बसेर उनले सो हिमाल जत्तिकै बलियो विश्वास र इच्छाले सबैभन्दा शक्तिशाली देश निर्माण गर्ने महान् कार्यका लागि गरेको कठिन सङ्घर्षलाई गहिरो भावले मनन गरेका छन् ।

सन् २०१७ मा उनले नयाँ वर्षको उपलक्ष्यमा दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध सुधार हुनसक्ने सङ्केत गर्नु केही हप्ताअगाडि पेक्टु भ्रमण गरेका थिए । किमले तीन पटक सो हिमाल चढेर र एक पटक सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपतिसँगै त्यहाँ भ्रमण गरेको बताइन्छ ।

केसीएनएले सन् २०१७ मा जारी गरेको तस्बिरमा किम कालो छालाको जुत्ता लगाएर शिखरमा उभिएको देखिएको थियो । एउटा सक्रिय ज्वालामुखी पेक्टुमा चार हजार वर्षभन्दा अगाडि पहिलो कोरिया अधिराज्यका संस्थापक ड्याङ्गुनको जन्म भएको मानिन्छ । चीन र उत्तर कोरियाको सीमामा रहेको यो हिमाल उत्तर कोरियाली राजधानीबाट सयौँ किलोमिटर टाढा पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...