धनुषामा अस्पतालका सुरक्षा गार्ड र कांग्रेस नेताको मृत्यु, लक्षण कोरोनासँग मिल्दोजुल्दो

Death1

जनकपुरधाम । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता गरी दुई जनाको मृत्यु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ का बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको हो ।

उनी जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित क्यान्सर अस्पतालमा कार्यरत रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । विदामा गएको बेला उनी एकाएक बिरामी भएका थिए ।

श्वास प्रश्वासमा समस्या देखिएपछि जनकपुरधामस्थित काव्य अस्पतालमा भर्ना भएका शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनी नेपाली कांग्रेसका नेता हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...