नेकपाको चियापान आज, १ लाखलाई निम्तो

Communist party of nepal

काठमाडौं । सत्तारुढ दल नेकपाले आज राजधानीको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण र त्यसपछि ५ बजेसम्म उच्चपदस्थ अधिकारीलाई चियापानको निम्तो गरेको छ ।

विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वलाई कार्ड पठाएर चियापानमा निम्त्याइएको उनले बताए ।

१ लाख जनालाई निम्तो गरिएको छ । निम्तोपत्रमा पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर छ । तत्कालीन एमालेले मनमोहन अधिकारीको पालादेखि चियापान आयोजना गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...