युभेन्टसको प्रशिक्षकमा पिर्लो नियुक्त

2020 08 09 andrea pirlo juventus u23 2lwquyyrw54w15gkwk85oe0ye

एजेन्सी । इटालियन सिरि ए च्याम्पियन युभेन्टसले आफ्नो मुख्य प्रशिक्षक माउरिजियो सारिलाई बर्खास्त गरेको केही घण्टापछि नै आन्द्रे पिर्लोलाई नियुक्त गरेको छ । आफ्ना पूर्व मिडफिल्डर पिर्लोलाई दुई वर्षको करारमा मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

पिर्लोलाई गत महिना मात्र क्लबको यू–२३ टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो । तर उनले प्रशिक्षकको खासै अनुभव भने समेट्ना पाएका छैनन् । युथ र सिनियर टोली नसम्हालेका ४१ वर्षीय पिर्लोका लागि यो निकै चुनौतीपूर्ण हुनेछ ।ुुआजको छनोट एक विश्वासमा आधारित छ ।

पिर्लोसँग नयाँ सफलताको सुरुवात हासिल गर्न बेन्चदेखि नै एक विशेष र प्रतिभाशाली टोली छ, युभेन्टसको एक विज्ञप्तिमा लेखेको छ ।

पिर्लोले सन् २०११ देखि २०१५ सम्म युभेन्टसबाट सिरि ए खेलेका थिए । मिडफिल्डर पिर्लोले युभेन्टसलाई चार सिरे ए उपाधि जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । साथै सन् २०१४र१५ को सिजन युभेन्टसलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन मद्दत गरेका थिए ।

पिर्लोले इटालीका लागि ११६ अन्तर्राष्ट्रिय खेल खेल्दै १३ गोल गरेका थिए । इटालीले फिफा विश्वकप २००६ को उपाधी जित्दा पिर्लो टोलीका सदस्य थिए । उनले आफ्नो खेलाडी जीवन २०१७ मा मेजर लिग स्कोर क्लब न्युयोर्क सिटीबाट खेल्दै सन्यास लिएका थिए । त्यसपछि मात्रै उनले प्रशिक्षक करिअरको सुरुवात गरेका थिए ।

यता मुख्य प्रशिक्षक सारीलाई च्याम्पियन्स लिग अन्तर्गत शीर्ष १६ बाट युभेन्टस बाहिरिएसँगै क्लबले बर्खास्त गरेको थियो । लियोनविरुद्ध पहिलो लेगमा १–० गोलले पछि परेको युभेन्टस घरेलु मैदानमा भएको दोस्रो लेगमा २–१ गोलको जित निकालेको थियो ।

तर समग्रमा २–२ गोलको बराबरी भएपछि अवे गोलको आधारमा लियोन च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गर्दा युभेन्टस बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...