प्रधानमन्त्री ओलीले माडीका जनप्रतिनिधिलाई भने, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो, त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’

Pm oli madi meet

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा वीरगन्ज नजिकको ठोरीमा अयोध्या भएको बताएका थिए । त्यसको चौतर्फी विरोध भयो । भारतमा प्रधानमन्त्री ओलीको पुत्लासमेत दहन गरियो ।

तर, प्रधानमन्त्री ओलीले चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिहरुलाई फोन गरेरै काठमाडौं बोलाए । प्रधानमन्त्री ओलीलाई भेट्न माडीबाट नगरप्रमुख ठाकुरप्रसाद ढकाल सहितको टोली काठमाडौं आयो ।

साविक अयोध्यापुरीसहित चार गाविस गाभेर माडी नगरपालिका बनाइएको छ । अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल साविक अध्योध्यापुरी गाविसका अध्यक्ष हुन् । तत्कालीन अयोध्यापुरी गाविस अहिले माडी नगरपालिकाको वडा नं ८ र ९ मा पर्छ । माडी नगरपालिका–१ मा वाल्मीकि ऋषिको आश्रम पनि छ । त्यहाँ लवकुशको जन्म भएको भन्ने गरिन्छ ।

माडीबाट आएको टोलीसँग प्रधानमन्त्री बिताए । सो भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माडी क्षेत्रको धार्मिक महत्त्वबारे अध्ययन गर्दै आएका लोकमणि पौडेल, माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले लगायतको उपस्थिति थिए । सो भेटमा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दावी गरे ।

यतिसम्मकी प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाव दिए । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाए ।

‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’

माडीका मेयर ठाकुरप्रसाद ढकालका अनुसार प्रधानमन्त्री ओलीले अर्को दशैंमा सीतारामको मूर्ति उदघाटन गर्ने गरी काम गर्न निर्देशन दिए । प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...