दुई बच्चासहित नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

Drowning in flood

काठमाडौं । रुपन्देहीमा दुई छोराछोरीसहित नदीमा हामफालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ। रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा हामफालेकी प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ की २२ वर्षीया पवित्रा सुनारलाई स्थानीय र प्रहरीले शनिबार सकुशल उद्धार गरेको हो।

सिद्धार्थनगर नगरपालिका–८ बसडिलियामा कोठा भाडामा बस्ने सुनारले नदीमा हामफाले पनि स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले जानकारी दिए।

पवित्राले आफ्ना ६ वर्षकी छोरी रोजिना र तीन वर्षका छोरा रोशन सुनारलाई चुन्नीले कम्मरमा बाँधेर हामफालेकी थिइन्। हामफालेको देखेपछि स्थानीयको सहयोगमा तत्काल सकुशल उद्धार गरी अस्पताल लगिएको खड्काले जानकारी दिए। पति कामको सिलसिलामा भारतमा रहेको र उनी सिद्धार्थनगरमा काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

तीनै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी खत्रीले जानकारी दिए। पवित्राले हाम फाल्नुको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...